माओवादीको केन्द्रीय बैठककै दिन बुधबार माओवादीका तीन नेता एमाले प्रवेश



काठमाडौं – उता, प्रज्ञा भवनमा सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यसमितीको बैठक चलिरहँदा यता एमाले केन्द्रीय कार्यालय, च्यासलमा माओवादीका केही नेता पार्टी छाडेर एमाले प्रवेश गरिरहेका थिए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका संगठित सदस्यको बढेको दावी गरिरहँदा माओवादीका एक केन्द्रीयसहितका तीन नेता एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर एमालेमा भित्र्याएका थिए ।

पार्टीको केन्द्रीय बैठककै दिन पार्टी छाडेर एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्लाह उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव हुन् । पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष ओलीलगायतका नेताले नवप्रवेशीलाई पार्टीमा स्वागत गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ३१ बजे