‘लाइभ’ गर्ने भनिएको बैठकमा रेकर्ड गर्न समेत प्रतिवन्ध



काठमाडौं – उसो त नेपालका राजनीतिक पार्टीका बैठकहरुका के हुन्छ, वहस हुन्छ वा हुँदैन, कस्ता वहस हुन्छन् भन्ने नयाँ विषय होइन । किनकी यी सवै विभिन्न माध्यमबाट सार्वजनिक भएकै छन् ।

त्यहीपनि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण गरेर सकारात्मक अभ्यासको थालनी गरेकै हो । जव पार्टी जनता र कार्यकर्ताका लागि हो भने ती पार्टीका केन्द्रीय बैठक अध्याँरामा वा लुकाएर गर्नुपर्ने केही छैन ।

त्यहीपनि पार्टी भनेपछि तीनका केही मर्यादा वा बैठक संचालनका नियम हुन्छन् नै । कांग्रेसले बैठकको प्रत्यक्ष प्रसारण गरेपछि जनताले समेत कुन नेताले के भने ? कसरी भने ? सवै प्रत्यक्ष देख्न पाए । नेताहरुप्रतिको धारणा पनि बनाउन पाए । सभापति शेरबहादुर देउवाकै योजनामा बैठक लाइभ भयो, सवैले बोले तर स्वम देउवाले भने बोलेनन्, जवाफ समेत दिएनन् ।
शायद देउवा यहि चाहन्थे । यो त भयो कांग्रेसभित्रको खवर ।

प्रचण्डलाई काँग्रेसले बलियो साथ दिएको छ । त्यही साथ दिएर होला, प्रचण्ड पनि देउवा शैलीमै बैठकको लाइभ गर्न चाहन्थे शायद् । तर अन्ततः त्यसको ठिक उल्टो निर्णयमा पुग्यो । बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावको विपक्षमा चाँही प्राय सवै युवा भनिएका नेता उभिए र त्यो गर्नबाट रोके ।

लाइभ गर्ने कुरा त परै छाडौं, महासचिव देव गुरुङले नेताहरुले बोलेका कुरा रेकर्ड गर्न समेत नपाइने उर्दी जारी गरेका छन् । माओवादीमा प्रचण्डको विरोधमा कुनै पद्याधिकारी र युवा नेता बोल्न सक्दैनन् । बैठकमा पनि बोल्ने थिएनन् किनकी त्यो सामथ्र्य युवा भन्नेमा विकास भएको पनि छैन ।

कांग्रेसमा गगन थापावाहेक कसैले देउवाको विपक्षमा बोल्न सक्दैनन् र यसपटक लाइभ बैठकमा पनि गगनले आफ्नो भनाई प्रष्टसँग राखेका छन् । भलै, उनी बढी बोल्छन्, एक्सनमा उत्रन सक्दैनन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : २२ बजे