महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते



स्टकहोम । स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ । झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएको स्विडेनी प्रसारक एसभिटीले उल्लेख गरेको छ।

करिब १,००० एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुङ्गा प्रहार गरेको स्विडेनी सञ्चार माध्यमले जनाएको छ ।

तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया थीम्ड फेस्टिभल आयोजना गरिदै आएको छ ।
हाल, हजारौं इरिट्रियन मूलका मानिसहरू स्वीडेनमा बसोबास गरिरहेका छन्।

प्रहरीले भने कि हिंसात्मक दङ्गा, आगजनी र आपतकालीन सेवाहरूको तोडफोडका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ४६ बजे