राष्ट्रियसभाको बैठक आज बस्दै



काठमाडौं– राष्ट्रियसभाको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेश गर्नेछिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : ५२ बजे