प्रधानमन्त्रीभन्दा पहिला उपराष्ट्रपतिको चीन भ्रमणको सम्भावना

पहिलो भ्रमण भारत गरेका प्रधानमन्त्री प्रचण्ड दोश्रो भ्रमणमा चीन जाने वा अमेरिका भन्नेमा अनिर्णित् छन् ।



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेका बेला त्यसअघि नै उपराष्ट्रपति चीन भ्रमणमा जाने सम्भावना देखिएको छ ।
श्रोतका अनुसार, यादव ‘चाइना–साउथ एसिया एक्सपो’ मा अतिथिका रुपमा सहभागि हुन भ्रमणमा जाने तयारीमा छन् । साउन २९ गते चीन भ्रमणमा जाने आन्तरिक तयारी भएपनि मन्त्रिपरिषद्ले भने उनको भ्रमण स्विकृत गरिसकेको छैन ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले उपराष्ट्रपतिलाई चीन भ्रमणको निम्तो दिएका थिए । साउन ३१ (१६ अगस्ट ) देखि सो एक्स्पो सुरु हुने बताइएको छ ।
पहिलो भ्रमण भारत गरेका प्रधानमन्त्री प्रचण्ड चीन पहिला जाने वा अमेरिका जाने भन्नेमा अनिर्णित छन् । तर प्रधानमन्त्रीको चीन भ्रमण अघि नै उपराष्ट्रपति चीन भ्रमणमा जाने भएपछि प्रचण्डले अमेरिका भ्रमणपछि मात्र चीनको भ्रमण गर्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : ५३ बजे