एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर



इस्लामावाद । पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छभने अन्य छ जना गम्भीर घाइते बनाएका छन् ।

यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य छ जना गम्भीर घाइते भएका उद्धारकर्मीहरूले बताएका छन् । घाइतेरूलाई चोबराको तहसील मुख्यालय अस्पताल पुर्‍याइएको छ ।

हालै खनेवलको पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । विपरीत दिशाबाट तीव्र वेगमा आएको मोटरसाइकललाई जोगाउन खोज्दा बस नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए ।

नियमित मर्मतसम्भार नगरिएका सडक तथा सवारी साधान, सवारी नियमको वेवास्ता, चालकहरूको लापरवाहीका कारण पाकिस्तानमा हरेक दिन घातक दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ०२ बजे