त्रिशूली नदीमा बस खस्योः ८ जनाको मृत्यु, १५ जना घाइतेको उद्धार



मलेखु । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : ३७ बजे