यसपालीको गाईजात्रा महोत्सव १४ गतेबाट प्रज्ञा भवनमा

पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाउँने



काठमाडौं, १२ साउन । ब्रान्ड वर्थ प्रा. लि. को आयोजनामा नेपाल प्रज्ञा भवनमा गाईजात्रा हुने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हास्यकलाकारहरुले गाईजात्राको बारेमा जानकारी गराएका हुन् ।

ब्राण्ड वर्थका प्रमुख मोहन गजुरेलले यस वर्ष प्रज्ञा भवनसहित देशमा विभिन्न सहरमा गाईजात्राको देखाइने बताए । हाँस्यकलाकारहरुले विराटनगर, बर्दिबास र चन्द्रनिगापुरमा गाईजात्रा कार्यक्रम सकेर आएको उनले बताए । काठमाडौंमा १४ गतेदखि १७ गतेसम्म प्रज्ञा भवनमा गाईजात्रा प्रस्तुत गरिने उनले बताए ।

हाँस्यकलाकार शैलेन्द्र सिंखडाले गाईजात्रा डबलीबाट रङ्गमञ्चमा २०३३ सालमा पुगेको बताए । उक्त काम सत्यमोहन जोशीले गरेको उनले स्मरण गरे । आफूले २०३७ सालबाट गाईजात्रा गर्ने गरेको भएपनि बीचमा कोरोनाको कारण दुई वर्ष डिजिटल माध्यमबाट गाईजात्रा देखाएको बताए ।

‘मैले २०३७ सालबाट गाईजात्रामा कार्यक्रम गरेको, अहिलेसम्म निरन्तरता थियो । कोभिडको कारणले दुईवर्षबीचमा छुट्यो । त्यो छुट्दा पनि ब्रान्ड वर्थ प्रा.लि. ले डिजिटल माध्यमबाट दर्शक समक्ष पुर्याउने काम गर्यो,’– उनले भने ।

उनले ब्राण्ड वर्थ प्रा.लि. का प्रोपाइटर मोहन गजुरेलको प्रस्तावमा अहिलेको गाईजात्राका गर्न लागेको बताए । आफूले गरेको यो गाईजात्रा चौथो पुस्तासँगको भएको बताउँदै उनले पुस्ता हस्तान्तरी कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइँदिने बताए ।

‘मैले गरेको गाईजात्रा हो चौथो पुस्तासँगको गाईजात्रा हो । राजपाल हाडा दाई, मोहन दाई, हरि दाई, सन्तोष दाई तीते जिरे मेरीबास्सै र यो समेत गरेर मेरो यो चौथो पुस्तासँगको गाईजात्रा हो । पुस्ता कसरी हस्तान्तरण हुन्छ भनेर हामी नेताहरुलाई देखाईन्छौं,’– उनले भने ।
संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको प्रमुख उद्देश्य भएको उनको भनाई छ ।

अर्का हास्य कलाकार मनोज गजुरेलले गाईजात्राको परम्परालाई जोड्न र पुस्ता हस्तान्तरणको सन्देश दिनका लागि यो वर्षको गाईजात्रा आयोजना गरेको बताए । कार्यक्रममा उपस्थितिका लागि उनले सबैलाई आग्रह गरे ।
कार्यक्रम प्रज्ञा भवनमा १४ गते दिउँसो र बेलुका गरी दुई शो, १६ गते एक शो र १७ गते दुई शो मा प्रस्तुत हुनेछ ।

कार्यक्रममा वरिष्ठ संगितकार टीका भण्डारी, हाँस्यकलाकारहरु सुवोध गौतम, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, सुन्दर खनाल, रुविना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ६ : २६ बजे