प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता



काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता भएको राससले जनाएको छ ।

प्रधानमन्त्री दाहालले यसअघि नै एसियाड खेलको उद्घाटन समारोहमा राष्ट्रपती सी चिनफिङसँग भेटवार्ता गरेका थिए । भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।

उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले सलामीसहित गार्ड अफ अनर प्रदान गरेको थियो । गार्ड अफ अनरपछि द्विपक्षीय भेटवार्ता जारी छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५८ बजे