एनसेल खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं– सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समिति सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ३६ बजे