२० अंकले बढ्यो नेप्से



काठमाडौँ, पुस २४ । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार २०.६२ अंकले बढेको सेयर बजार २०८०.१२ विन्दुमा पुगेर बन्द भएको छ। 

आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको कारोबार भएको छ। 

१६५ वटा कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ०६ बजे