डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले आज प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो। यसअघि गत शनिबार पनि केसीसहित उनका समर्थक गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो।
आज पुन: निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केसीलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
केसीले सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी अपराधका दोषीलाई कारबाही गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आएका छन्।



प्रतिक्रिया