काठमाडौँ, माघ ११ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफामौसम : पहाडी भू–भागमा आंशिक बदली, मधेश प्रदेशमा हुस्सु–कुहिरो रहेको छ भने मधेश प्रदेशका धेरै भु–भागहरुमा हुस्सु–कुहिरो लागेको छ ।
आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने विभागले जनाएको छ।
यस्तै, देशको पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया