एसिसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित



माघ २८, काठमाडौँ । मलेसियामा जारी एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

भुटानले दिएको ६६ रनको लक्ष्य पछाएको नेपालले ११।५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

यस अघि पहिला ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो।

योजित सँगै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपाल २ जितमा ४ अंकसहित समुह डी मा शीर्ष स्थानमा रहेको छ। त्यस्तै भुटानको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ।

नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग मंगलबार खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ११ : ०९ बजे