एसिसी महिला प्रिमियर कप: कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा



फागुन २ काठमाडौँ । कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ।

बुधबार मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। ्

टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो।

नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो। नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो।

नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन्। उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन्। त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन्।

बलिङतर्फ कुवेतकी मारयाम ओमरले १ विकेट लिइन्।

यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो।

कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन्। उनले ३३ बलमा ३ चौका र १ छक्काको मद्दतमा २९ रन बनाएकी हुन्। त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३÷१३ रन जोडे।

कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान २२ विकेट लिए।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो। योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन्।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ०७ बजे