फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको जनाएको छ।

निगमको सञ्चालक समितिको बैठकले विहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो। पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बृद्धि भएको छ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन। निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल÷मटिटेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रूपैयाँ र डिजेलमा १.५६ रूपैयाँ बढेर आएको पनि निगमले सूचनामा जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : २२ बजे