विश्वकप लिग-२: कुशलको ४ विकेटमा नेदरल्यान्ड्स १३७ रनमा अलआउट



फागुन ५ काठमाडौँ । बलर कुशल भुर्तेलको कसिलो बलिङसँग ४ विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखला अन्तर्गत पाहुना टोली नेदरल्यान्ड्सले नेपाललई १३८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाएपछि नेपालले १३८ रनको लक्ष्य पाएको हो।

नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्न बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए। ललित नारायण राजवंशीले २, सोमपाल कामी, कप्तान रोहित नाममा १ विकेट रह्यो।

पहिलो ओभरको तेस्रो बलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाए। उनले नेदरल्यान्ड्स डेब्यु खेलाडी मिचेल लेभिटलाई लेभिट देव खनालबाट शून्य रनमा क्याच आउट भएका थिए।

यस्तै छैटौं ओभरको अन्तिम बलमा म्याक्स ओ डाउड रन आउट हुनपुग्यो। उनी ललितनारायण राजवंशीको बलमा रन आउट भएका थिए। म्याक्सले २१ बलमा १ छक्काको सहयोगमा १० रन बनाएका थिए।

नेदरल्यान्ड्सले तेस्रो विकेटका रुपमा साइब्रण्ड इन्गलब्रेन्ट ललितनारायण राजवंशीको बलमा आउट भए। उनी ३५ बलमा ब्यक्तिगत २३ रन बनाउँदै स्लिपमा अनिल शाहबाट क्याच आउट भए।

ललितनारायण राजवंशीले १९ दशमलब २ ओभरमा नेदरल्यान्ड्सको चौथो विकेट लिए। ललितले ४४ बलमा २७ रन बनाएका बास डि लिडेलाई बोल्ड आउट गराए। यति बेला नेदरल्यान्ड्स ६७ रन अबस्थमा थियो।

२५.३ ओभरमा कुशल मल्लले नेदरल्यान्ड्सका नूह क्रोसलाई १२ रनमा आउट गराए। कुशलले क्रोसलाई रन आउट गराएका थिए। त्यस लगत्तै नेपाललाई कुशल भुर्तेलले अर्को सफलता दिलाए। आफ्नो पहिलो ओभर बलिङमा आएको भुर्तेले तेस्रो बलमै नेदरल्यान्ड्सका वेस्ली ब्यारेसीलाई शून्य रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए। यति बेल नेदरल्यान्ड्स ९९ रनको अबस्थामा पुगेको थियो।

यस्तै नेपाललाई कप्तान रोहित कुमार पौडेलले ७औँ सफलता दिलाए। कप्तान रोहितले आफ्नो पहिलो ओभरको दोस्रो बलमै नेदरल्यान्ड्सका सरिज अहमदलाई १ रनमा बोल्ड गराए। रोहितले २७.२ ओभरमा नेदरल्यान्ड्स सरिज अहमदलाई आउट गराएका हुन्।

३३ ओभरको अन्तिम बलमा कुशल भुर्तेलले आर्यन दत्तलाई भीम सार्कीको हातबाट क्याच आउट गराए। उनले ब्यक्तिगत १० रनमा अउट भए। यस्तै, पुन भुर्तेलले ४३.२ ओभरमा कप्तान स्कट एडवार्डलाई एलबी डब्यु आउट गराए। एडवार्ड ४९ बलमा १ चौकासहित सर्वाधिक ३३ रनमा आउट भए।

यस्तै कुशलले ३९ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका भिभिएन किग्मालाई २ रनमा आउट गारए।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग २ को सुरुवात गर्न लागेको हो।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १२ : १४ बजे