नेदरल्यान्ड्समाथि नेपालको शानदार जित



फागुन ५ काठमाडौँ । अनिल शाह र ओपनर आशिफ शेखको अर्धशतमा नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेदरल्यान्ड्समाथि शानदार जित निकालेको छ।

शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा १ विकेट गुमाउँदै १४१ रन बनाएर पूरा गर्यो।

नेपालको जितमा अनिल शाहले अर्धशतकिय पारी खेले । उनले २९ बलमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए। यो सँग उनले आफ्नो दोस्रो अर्धशतक पूरा गरेका छन्। अनिलले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहे।

आशिफले ४४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रनमा अविजित रहे। उनले ४३ बलमा अर्धशतक पूरा गरेका थिए।

यस्तै अर्को कुशल भुर्तेलले २८ रनमा आउट भए। आक्रमक इनिङ खेलेका भुर्तेलले ११ बलमा ३ छक्का र २ चौका प्रहार गरेका थिए। उनी तेस्रो ओभरको पाँचौ बलमा भिभियन किग्माले आउट गराए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो।

नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्न बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए। ललित नारायण रजवंसीले २, सोमपाल कामी, कप्तान रोहित नाममा १ विकेट रह्यो।

पहिलो ओभरको तेस्रो बलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाए। उनले नेदरल्यान्ड्स डेब्यु खेलाडी मिचेल लेभिटलाई लेभिट देव खनालबाट शून्य रनमा क्याच आउट भएका थिए।

यस्तै छैटौं ओभरको अन्तिम बलमा म्याक्स ओ डाउड रन आउट हुनपुग्यो। उनी ललितनारायण राजवंशीको बलमा रन आउट भएका थिए। म्याक्सले २१ बलमा १ छक्काको सहयोगमा १० रन बनाएका थिए।

नेदरल्यान्ड्सले तेस्रो विकेटका रुपमा साइब्रण्ड इन्गलब्रेन्ट ललितनारायण राजवंशीको बलमा आउट भए। उनी ३५ बलमा ब्यक्तिगत २३ रन बनाउँदै स्लिपमा अनिल शाहबाट क्याच आउट भए।

ललितनारायण राजवंशीले १९ दशमलब २ ओभरमा नेदरल्यान्ड्सको चौथो विकेट लिए। ललितले ४४ बलमा २७ रन बनाएका बास डि लिडेलाई बोल्ड आउट गराए। यति बेला नेदरल्यान्ड्स ६७ रन अबस्थमा थियो।

२५।३ ओभरमा कुशल मल्लले नेदरल्यान्ड्सका नूह क्रोसलाई १२ रनमा आउट गराए। कुशलले क्रोसलाई रन आउट गराएका थिए। त्यस लगत्तै नेपाललाई कुशल भुर्तेलले अर्को सफलता दिलाए। आफ्नो पहिलो ओभर बलिङमा आएको भुर्तेले तेस्रो बलमै नेदरल्यान्ड्सका वेस्ली ब्यारेसीलाई शून्य रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए। यति बेल नेदरल्यान्ड्स ९९ रनको अबस्थामा पुगेको थियो।

यस्तै नेपाललाई कप्तान रोहित कुमार पौडेलले ७औँ सफलता दिलाए। कप्तान रोहितले आफ्नो पहिलो ओभरको दोस्रो बलमै नेदरल्यान्ड्सका सरिज अहमदलाई १ रनमा बोल्ड गराए। रोहितले २७।२ ओभरमा नेदरल्यान्ड्स सरिज अहमदलाई आउट गराएका हुन्।

३३ ओभरको अन्तिम बलमा कुशल भुर्तेलले आर्यन दत्तलाई भीम सार्कीको हातबाट क्याच आउट गराए। उनले ब्यक्तिगत १० रनमा अउट भए। यस्तै, पुन भुर्तेलले ४३।२ ओभरमा कप्तान स्कट एडवार्डलाई एलबी डब्यु आउट गराए। एडवार्ड ४९ बलमा १ चौकासहित सर्वाधिक ३३ रनमा आउट भए।

यस्तै कुशलले ३९ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका भिभिएन किग्मालाई २ रनमा आउट गारए।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग २ को सुरुवात गर्न लागेको हो।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  २ : ५२ बजे