तीन मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : एमाले सांसद भट्टराई



काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तीनजना मन्त्रीहरुको सन्दर्भमा प्रधानमन्त्रीले सदन चलेको समयमा जवाफ दिनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ माग्दा नदिन हो भने विरोधका कार्यक्रमहरु यथावत रहने बताए। सदनमा विशेष समयको माग गर्दै उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।

उनले भने, ‘तीनजना मन्त्रीहरुको सन्दर्भमा प्रधानमन्त्रीले यसैबखत, अहिले नै, तुरुन्तै यही संसद चलिरहेको समयमा संसदमा आएर जानकारी दिनुपर्छ। प्रधानमन्त्रीले जवाफ दिनु भएनभने विरोध यथावत रहने कुरा पनि जानकारी गर्न चहान्छु।’ यस्तै उनले मिटरब्याजीहरुलाई ठग्ने अधिकांश अहिलेको गठबन्धनसँग नजिकका मान्छेहरु भएको दाबी पनि गरे। उनले भने, ‘अधिकांश स्थानमा मिटरब्याजीका रुपमा जनता ठगिएका छन्।

ठगी गर्ने अधिकांश गठबन्धनसँग नजिकका मान्छेहरु छन्। म यो कुरा दाबीका साथ भन्छु। उनीहरुमाथि कुनै कारवाही हुँदैन्। नाटक मात्रै हुन्छ। यसबारेमा सरकार गम्भीर हुनुपर्छ।’ सदनमा बालकुमारी घटनाको बारेमा ध्यानाकर्षण गर्दै आएका छौ। त्यो दिन आन्दोलनको अवस्था हुदाँ हुदैँ पनि मन्त्री जी त्यही बाटोबाट भिडलाई भड्काउने हिसाबले जानु भयो, मन्त्रीसँग सुरक्षाकर्मीहरु सुरक्षा व्यवस्था हुन्छ उनीहरुले मन्त्री आउनुभन्दा अगाडि बाटोको माहोल बुझ्नु पर्ने थियो। सबै जानकारी हुदाँ हुदैँ पनि मन्त्री त्यही बाटो परिस्थितीलाई उत्तेजित गर्ने एउटा काम भएको थियो।

प्रधानमन्त्रीले फागुन ६ गतेको घटनालाई हत्या भनेर भन्नु भएको छ। यदि त्यो हत्या हो भने त्यो कसले गर्यो त, त्यहा रहेका सुरक्षाकर्मीबाट भएको हो यसकारण यो घटनामा सिंगो सरकार जिम्मेवार छ। यसको साथै यो घटनाको छानबिन गर्नको लागि समिति होईन् आयोग नै गठन भएको छ। आयोगले नै मन्त्री दोषि छ भनेर भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बस्ने कुरा नैतिक हिसाबले हुदैँ हुदैँन्। प्रधानमन्त्रीले प्रहरीको गोलीले युवाहरुको हत्या भएको हो भनेर भनिसकेपछि गृहमन्त्री यसको नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन्।

एउटा कुरा आयोगको प्रतिवेदन सदनमा टेबल हुनुपर्यो, छानबिनलाई निष्पक्ष रुपमा अगाडि बढाउनु पर्छ, आजको स्वास्थ्य मन्त्रीको राजीनामा चाहिन्छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : ०२ बजे