नामिबियाविरुद्ध नेपाल पहिले ब्याटिङमा



काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मौदनामा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला याटिङ गर्ने भएको हो।

जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको थियो।

नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पाजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो।

नेपालको प्लेईङ ११
रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, आरिफ शेख र अभिनास बोहोरा।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ३६ बजे