नेपालले नामिबियालाई ३ रनले हरायो



काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला अन्तर्गत नेपालले तेस्रो खेलमा नामिबियालाई पराजित गरेको छ। नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो।

नामिबियाको लागि जजे स्मितले अर्धशतकिय पारी खेले।

यता, नेपालको जितमा करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह एैरीले समान २/२ विकेट लिए। अभिनास बोराले एक विकेट लिए।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : २० बजे