देशका धेरै स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रही धेरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर मौसम सामान्य बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभरको मैसम सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।

साथै, बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

आइतबार राती देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण हिजो र आज (आइतबार) देशका धेरै स्थानमा छिटफुट देखि हल्का वर्षा भैरहेको छ। शनिबार सबैभन्दा धेरै जुम्लामा १६ दशमदब १ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै डडेलधुरामा ११ दशमलब ६ र धनगढीमा १० मिलिमिटर वर्षा भएको छ।

सोमबारबाट भने क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ४२ बजे