ओली र देउवाबीच बुढानिलकण्ठमा छलफल, मन्त्रालय टुँगो लाग्यो, मन्त्रिको मापदण्ड बन्दै



काठमाडौं – मन्त्रिपरिषद्को गठनवारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही २७ गते संसदमा विश्वासको मत लिंदैछन् । उनले विश्वासको मत नपाउनने निश्चित छ । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६ को उपधारा २ अनुसार सरकार निर्माणको आव्हान गर्नेछन् ।

दुई पार्टीको सहमति अनुसार, त्यसपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नेछ । सरकारमा सहभागि गराउन मन्त्रीहरु छनौटको मापदण्ड, मन्त्रालयको भागबण्डा र मन्त्रीहरुको संख्या टुंगो लगाउन बैठक भएको हो ।

श्रोतका अनुसार, मन्त्रालयको संख्या र बिभाजन करिवकरिव टुंगो लागेको छ । तर मन्त्रीहरुको भने टुंगो लाग्न वाँकी छ । एमाले र कांग्रेसले आ आफ्नै मापदण्ड बनाएर मन्त्रीहरुको छनौट गर्दैछन् ।

बैठकमा ओलीसहित महासचिव शंकर पोखरेल, बिष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली छन् भने देउवासहित रमेश लेखक सहभागि छन् । मन्त्रीहरुको चयनसँगै गठवन्धनको अगामी रणनीतिवारे समेत छलफल भएको छ ।

दुई पार्टीबाहेक सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने भन्ने लगायतका विषयमा छलफल भएको छ । राप्रपाले गठवन्धनलाई समर्थन गरेपनि दुवैपार्टी उसलाई सरकारमा सहभागि गराउन भने अनिच्छुक देखिएका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  १० : ५७ बजे