प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिंदै



काठमाडौं, साउन ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै हुनुहुन्छ ।
उहाँ असार ३० मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो भने असार ३१ मा प्रधानमन्त्री पदको सपथ लिनुभएको थियो । देशको संकट समाधान गर्न एमाले र नेपाली कांग्रेस मिलेर यो सरकार गठन भएको हो ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् । प्रधानमन्त्री ओलीले आजै देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ३८ बजे