टिप्पणी

भण्डारीको उत्तरयात्रा किन ? पूर्वराष्ट्रपतिको भ्रमण कि पूर्वउपाध्यक्षको ?

त्यसोभए भण्डारी राजनीतिमा आउनुहुन्छ त ? यसको सरल, बुझिने उत्तर हुन्छ : आवश्यकता पर्यो भने आउनुहुन्छ । आवश्यकता कसरी निर्धारण हुन्छ ? यो एमालेको नेतृत्वमा भरपर्छ, एमालेका प्रतिनिधिमा भरपर्छ । र, यो मुलरुपमा एमालेका अध्यक्ष केपी ओलीमै भरपर्छ । उहाँ ओलीसँग प्रतिस्पर्धा गरेर आउनुहुन्न । आउनु भयो भने ओलीको प्रस्तावमा आउनुहुन्छ । आउनुपर्यो भने शंकर पोखरेल र बिष्णु पौडेलहरुकै सहमतिमा आउनुहुन्छ ।



काठमाडौं– पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी भोलि जनवादी गणतन्त्र चीन प्रस्थान गर्दै हुनुहुन्छ । चाइनिज् एसोसिएसन फर इन्टरनेशल अण्डरस्ट्याण्डिङ र गान्सु प्रोभिन्सिएल सरकारको निम्तामा उहाँ चीन जान लाग्नुभएको हो ।

उहाँको उत्तरी छिमेकीको भ्रमणलाई लिएर वहस सुरुभएका छन् । वहसको चुरोमा छ : सक्रिय राजनीतिमा फर्कने तयारीमा रहनु भएकी भनेर चर्चा चलिरहँदाको उहाँको यो चीन भ्रमणलाई कसरी बुझ्ने ? एमालेको भावी नेतृत्वमा आउने चर्चा चलिरहेका बेला के चीनले पनि यो भ्रमणमार्फत् त्यही सन्देश प्रवाहित गर्न खोजेको भन्नेतिरका जोडकोण पनि वहसमा आएका छन् । स्वम भण्डारीले पनि आजसम्म राजनीतिमा पुनः सक्रिय हुने बताउनुभएको छैन ।

यो भ्रमणलाई त्यसरीमात्र बुझ्ने कि वा नेपाल र चीनको द्धिपक्षीय सम्वन्धका कोणबाट बुझ्ने ? अनि, नेपालमा कुनै अमुक दलको नेता बन्न बेइजिङ र दिल्लीतिर जानुपर्छ ? संयोगको एउटा भ्रमण वा जर्वजस्त जोडिएको एउटामात्र दृष्टान्तले नेपालको राजनीतिनै बदल्छ ? फेरी, कसैले चाहँदैमा, कसैको चाहनामै घरेलु नेतृत्व विस्थापित र प्रतिस्थापित हुन्छ ?
यसमा वहस गरौं । यही भ्रमणलाई वहसको केन्द्रमा राखेर ।

पहिलो, बिद्यादेवी भण्डारीको यो चीन भ्रमण सत्तारुढ नेकपा एमालेको नेताका रुपमा होइन । काहिँकतै, निम्तादिने संस्था, गान्सु प्रान्त सरकारले उहाँलाई एमालेको नेताका रुपमा निमन्त्रणा दिएको होइन । उहाँलाई नेपालको पूर्वराष्ट्रपतिको हैसियतमा बोलाएको हो । निमन्त्रणापत्रमा त्यही उल्लेख छ । जसरी पनि पार्टी जोड्न मनलाग्दा भन्न सकिन्छ, उहाँ एमालेका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

दोश्रो, यो भ्रमणको सहजीकरण चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग (आइडीसीपीसी) ले गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको बैदेशिक मामिला यो विभागले हेर्छ । यो बिभागका प्रमुखलाई उनीहरु मिनिष्टर भन्छन् । चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टी बुझ्नेका लागि यो भ्रमणलाई निम्ता र सहजीकरणका कोणबाट अस्वभाविक अथ्र्याउन मिल्दैन । चीनका राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव हुन् । त्यसको अर्थ पार्टी र सरकारका पदमा जहाँ रहेपनि ती मुलत् जिम्मेवारी फरकमात्र हुन्, त्यहाँ खास फरक देखिदैंन । जस्तो कि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका प्रमुख मिनिष्टर चिनियाँ सरकारका विदेशमन्त्री पनि बन्नसक्छन् । अन्तराष्ट्रिय बिभागमा रहेकाहरु ओहोदा अनुसार सरकारका राजदुत भएर फर्केका छन् र राजदूत हुने लाइनमा पनि छन् । यस्तैयस्तै । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीले बोलाए पनि त्यो चीन सरकारले नै बोलाएको हो भन्न मिल्ने अवस्था त्यहाँ हुन्छ । नेपालमा जस्तो होइन । चीनमा चिनियाँ कम्युनिष्ट पार्टी नै सवैथोक हो । त्यसमा पनि उहाँलाई कसले निम्ता दिएको भन्ने माथि उल्ले भइसक्यो । चिनियाँ कम्युनिष्ट पार्टीले बोलाएको भन्दापनि केही फरक पर्दैन ।

तेश्रो : उहाँले संवोधन गर्ने कार्यक्रमका सार गैरराजनीतिक छन्, ती साझा सभ्यता, संस्कृतिमा आधारित छन् । उहाँले त्यहाँ नेपालको सफ्ट पावरवारे बोल्नुहुन्छ, चिनियाँ सभ्यतावारे धारणा राख्नुहुन्छ । नेपाल र चीनको सम्वन्धलाई उहाँको भूगोलको सम्वन्धले मात्र हेर्नुहुन्न, सभ्यता, संस्कृति र साझा मुल्यमान्यताका दृष्टिकोणबाट राख्नुहुन्छ । बेइजिङमा उहाँलाई आइडीसीपीसीका मन्त्रीले भेट्नुहुन्छ, जुन स्वभाविक हो । प्राय, चीन भ्रमणमा आउने राजनीतिक दलका नेतामात्र नभएर, सरकारमा रहिसकेका पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुख बेइजिङ पुग्दा एउटा यस्तो भेटवार्ता हुन्छ । विदेशका मन्त्री, सरकारका बिभिन्न तहका अधिकारीसँग यो अन्तराष्ट्रिय विभागले संवाद गरिरहेकै हुन्छ ।

चौथो : यो प्रतिनिधिमण्डलमा किन सरकारका मन्त्री र एमालेका विदेश विभाग प्रमुख भन्ने छ । बिद्यादेवी भण्डारी पूर्वराष्ट्रप्रमुख भएकाले सरकारले भ्रमणलाई सहज बनाउन उद्योग, बाणिज्य र आपूर्तिमन्त्री दामोदर भण्डारीलाई प्रमण्डलको सदस्य बनाएको हो । प्रधानमन्त्री र सरकारकै परामर्शमा मन्त्री भण्डारी प्रमण्डलको सदस्य हुनुभएको हो । मन्त्री भण्डारीले स्वमले बेइजिङदेखि भ्रमणका क्रममा चिनियाँ बिभिन्न कार्यक्रममा सरकारका तर्फबाट धारणा राख्नुहुन्छ भने केही द्धिपक्षीय भेटवार्ता पनि गर्नुहुन्छ । व्यापार प्रवद्र्धनलगायतका बिषयमा द्धिपक्षीय महत्वपूर्ण छलफलसमेत चिनियाँ अधिकारीसमक्ष उहाँले गर्नुहुन्छ ।
त्यसैगरि, एमालेका विदेश बिभाग प्रमुख रघुबिर महासेठ नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्छ । प्रमण्डलमा उहाँको सहभागिता आवश्यकताका आधारमा भएको हो । एमालेको विदेश विभाग प्रमुख जानुको अर्थ यो भ्रमणलाई एमाले पार्टीले समेत स्वामित्वमा लिएको छ भन्ने हो । यो स्वभाविक हो । फेरी भ्रमणका क्रममा उहाँले केही कार्यक्रममा संवोधनसमेत गर्दै हुनुहुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय बिभागका एमाले समकक्षीकारुपमा महासेठले द्धिपक्षीय भेटवार्ता पनि गर्नुहुन्छ । यसवाहेक प्रमण्डलका सदस्यकारुपमा स्वभाविक एमालेका नेताहरु बढी हुनुहुन्छ किनकी उहाँले एमाले भएरै राष्ट्राध्यक्ष हुनुभएको हो ।

आर्दशका कुरा गरेर हुँदैन, यर्थाथवादी हुनुपर्छ ।

पाँचौं : बिद्यादेवी भण्डारीले चीनमा रहँदा नेपाल र चीन सम्वन्धकाबारेमा बोल्नुहुन्छ । तर उहाँसँग गएका नेताहरुले आफ्नो सरकार र पार्टीको हैसियत अनुसार, सरकार र पार्टीका सम्वन्धका बिभिन्न आयाममा संवाद गर्नुहुन्छ । त्यसैले यो भ्रमण एमालेका पुर्वउपाध्यक्षकै हैसियतपछि नेपालको राष्ट्रपति बन्नु भएकाले त्यही अर्थमा बुझ्दा हुन्छ ।
अव फकौं, उहाँ एमालेको सक्रिय राजनीतिमा फर्कनुहुन्छ वा हुँदैन ? अनि, यो भ्रमणले त्यो तय गर्छ त ?

बिद्यादेवी भण्डारी एक सक्षम राजनीतिज्ञ हो । पार्टीको उपाध्यक्ष भएपछि उहाँको योग्यता र क्षमता भएरै पार्टीले उहाँलाई गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बनाएको हो । उहाँ पहिलो राष्ट्रपति हो, पहिलो महिला राष्ट्रपति हो । उहाँलाई राष्ट्रपतिमा प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो, सम्पूर्ण पार्टीपंक्तिले समर्थन गरेको हो । ओली त्यस्तो नेता हो, जसले उपयुक्त समयमा उपयुक्त निर्णय लिनुभएको छ, जसका कारण केही ऐतिहासिक मानक स्थापित भएका छन् । गणतन्त्र नेपालले पहिलो महिला राष्ट्रपति पाउनु ओलीको निर्णय हो । र, राष्ट्रपतिमा रुपमा दुइ कार्यकाल रहँदा भण्डारीले देशको वास्तविक अभिभावकको रुपमा काम गर्नुभएको हो । राष्ट्रहितको सही प्रतिनिधित्व गर्नुभएको हो । त्यसैले उहाँको क्षमता, योग्यता, समर्पण र इमान्दारितामाथि कहिकतै प्रश्न छैन ।

तर अहिले जसरी बिद्यादेबी भण्डारी अव एमालेको अध्यक्ष बन्ने, त्यो पनि केपी ओलीसँग प्रतिस्पर्धा गरेर भन्दै राजनीतिक धन्दा चलाइएको छ, त्यसमा भने सत्यता छैन । दुर्भाग्य चाँही एमालेकै केही नेताले यस्ता गलत प्रचार गर्नुमा छ । ती पनि पार्टीमा लागेर हैसियतभन्दा बढी लाभप्राप्त गरेपछि र आफ्नै कारण तुलनात्मकरुपमा पछि परेपछि उनीहरु यो नयाँ फण्डा लिएर यताउताको चक्कर दैनिक लगाउँछन् । बालुवाटारतिर प्रवेश पाए, त्यत्तैको गुणगान गाउने, कदाचित प्रवेश नपाए सिधै बुढानिलकण्ढतिर गएर यता प्रहार गरिहाल्ने । तिनलाई पार्टीको मायाँ होइन, आफ्नो स्वार्थभन्दा अर्को केही छैन ।
खैर, यसमा पनि नजाऔं ।

त्यसोभए भण्डारी राजनीतिमा आउनुहुन्छ त ? यसको सरल, बुझिने उत्तर हुन्छ : आवश्यकता पर्यो भने आउनुहुन्छ । आवश्यकता कसरी निर्धारण हुन्छ ? यो एमालेको नेतृत्वमा भरपर्छ, एमालेका प्रतिनिधिमा भरपर्छ । र, यो मुलरुपमा एमालेका अध्यक्ष केपी ओलीमै भरपर्छ ।

उहाँ ओलीसँग प्रतिस्पर्धा गरेर आउनुहुन्न । आउनु भयो भने ओलीको प्रस्तावमा आउनुहुन्छ । आउनुपर्यो भने शंकर पोखरेल र बिष्णु पौडेलहरुकै सहमतिमा आउनुहुन्छ । एउटा कुरामा भने भ्रम राख्नुहुँदैन । यतिबेला एमालेको अध्यक्ष ओली हो । ओलीको विकल्प पार्टीभित्रबाट कसैले खोजेको छैन । पार्टीबाहिर वा देशबाहिरबाट खोजिने बिकल्पको त अर्थ रहने कुरै भएन । देशबाहिर त कसैले खोज्ने कुरै भएन । पार्टीबाहिरबाट खोजिने बिकल्पपछिको कारण भने प्रष्टै छ – ओलीलाई हटाएपछि या एमालेमाथि कब्जा जमाउने, नसके एमालेलाई कमजोर बनाउने र त्यो पनि नसके, एमाले रिझाएर सत्ता राजनीति गरिरहने ।

एमालेजनले बुझ्नुपर्ने मध्ये सबैभन्दा महत्वपूर्ण बिषय किन अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि यतिबिघ्न प्रहार हुन्छ ? किन घेराबन्दी हुन्छ ? जवकि, नेपालका प्रधानमन्त्रीमा ओलीले जति देशहितका पक्षमा ऐतिहासिक काम अर्को कुनै प्रधानमन्त्रीले गरेको छैन । किनभने ओली शक्तिशाली हुनुहुन्छ, बिचारमा प्रष्ट हुनुहुन्छ । ओलीले औपचारिक शिक्षा कति लिन भो, बिषय यो होइन, कति जान्नुहुन्छ यो महत्वपूर्ण हो । उहाँ देश विकासको सपना देख्नुहुन्छ, सपनालाई कार्यान्वयन गर्न मार्गचित्र बनाउनु हुन्छ र ती एक्सनमा रुपान्तरण हुन्छन् ।


सपना देख्न सामथ्र्य चाहिन्छ, सामथ्र्य ज्ञानबाट प्राप्त हुन्छ । नेपालमा यस्तो सामथ्य भएको ओलीमात्र हुनुहुन्छ । त्यसैले ओली एमालेका सम्पति हुनुहुन्छ । उहाँमाथिको आक्रमण एमालेमाथिको आक्रमण हो भन्ने शायद एमालेजनले बझेको हुनुपर्छ ।

अव फेरी फकौं, पूर्वराष्ट्रपतिको चीन भ्रमण र सक्रिय राजनीतिको सम्भावनामा । जव ओलीको विकल्प अहिले एमालेभित्र खोजिएको छैन भने नेतृत्वमा उहाँ आउने अहिले तत्काल सम्भावना रहेन । तर जव पार्टीले र अझ खासगरी ओलीले पार्टीमा पूर्वराष्ट्रपतिको भूमिका आवश्यक देख्नुहुन्छ, उहाँले नै प्रस्ताव गरेर ल्याउनुहुन्छ ।
सत्य यही हो, बाँकी आफ्ना दृष्टिकोण हुन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ११ : ३१ बजे