उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड विनियोजन गरेको बताउनुभयो ।
मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उहाँले बागमतीसहित उपत्यकाका विष्णुमती, धोबीखोलालगायत सबै नदीलाई ढलमुक्त बनाउने गरी काम भइरहेको बताउनुभयो ।
सहरी विकास मन्त्रालयमार्फत ४० करोडभन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकाका लागि विनियोजन भएको उल्लेख गर्दै नगरप्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिनुभयो ।
0
Shares
प्रतिक्रिया