भारतमा हिजो भएको हवाइजहाज दुर्घटनास्थलको भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुग्नुभएको छ । मोदीले अस्पताल पुगी घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।
भारतको अहमदाबादमा हिजो भएको हवाईजहाज दुर्घटनामा २४० भन्दा बढीको मृत्यु भएको छ । बिमानमा १ सय ६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगलका नागरिरक र १ जना क्यानडेली सवार थिए ।
२ सय ४२ जना यात्रु लिई अहमदाबाट बेलायतका लागि उडेको एयर इण्डियाको बिमान टेक अफ गरेको १ मिनेट नबित्दै आवासीय क्षेत्रमा दुर्घटना भएको हो । बिमानमा सवार १ जनाको भने घाइते अवस्थामा उद्धार गरिएको छ । दुर्घटनामा आवास क्षेत्रमा पनि केही व्यक्तिको मृत्यु भएको छ ।
मृतकका परिवारबाट डिएनए नमुना लिई मृतकको पहिचान गर्ने प्रयास भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया