इजरायलले प्यालेस्टाईनमा गरेको आक्रमणमा २३ जनाको मृत्यु भएको छ । प्यालेस्टाईनको सहायता वितरण क्षेत्रमा मानिसहरु जम्मा भएको स्थानमा इजरायलले आक्रमण गरेको हो ।
गाजाको सहायता वितरण केन्द्रमा ट्यांक तथा ड्रोनले आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया