पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवासुविधा फिर्ताका लागि निवेदन दिनुभएको छ । पूर्व राष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले गृह मन्त्रालयमा पुगेर आजैका मितिबाट लागू हुने गरी सरकारी सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो ।
भण्डारी निकट स्रोतका अनुसार, उहाॅ सक्रिय राजनीतिमा फर्किएको अवस्थामा पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सुविधा लिदा प्रश्न उठ्ने भएकाले त्याग्ने निर्णय गर्नुभएको हो ।
गत शनिबार मात्रै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । उहाॅले आफ्नो पार्टीको सदस्यता नविकरण भइसकेको पनि जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया