अमेरिकाको टेक्सासमा एक्कासी आएको बाढीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको छ । कयौं हराइरहेका छन् । क्रिस्चियन समर क्याम्पमा रहेका ७५० मध्ये २५ बालिका हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
टेक्सासको गुवाडालुप नदीमा बाढी आएको हो । बाढीले केही सडकमा पनि क्षती पुर्याएको छ । बाढीपछि टेक्ससका केही क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
प्रतिक्रिया