देशभरका अस्पतालमा आकस्मिक वाहेकका सेवा बन्द

बिरामी मर्कामा



नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द भएको छ । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको ठहर चिकित्सक संघको छ ।
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बााधेर सेवा दिन आहृवान गरेको संघले आज आकस्मिक बाहेकका सेवा रोकेको हो ।
कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै संघले आवश्यक परे आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाा र ग्राण्डी सिटी अस्पताल र त्यहाा उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाा क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : ५९ बजे