अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्सको नीतिलाई समर्थन गर्ने देशविरुद्ध कर बढाउने चेतावनी दिएका छन् । अमेरिकी इच्छाविरुद्ध गई ब्रिक्सको समर्थनमा जाने जोकोहीविरुद्ध थप १० प्रतिशतले कर बढाउने चेतावनी ट्रम्पले दिएका हुन् ।
चीन, रसिया र भारत समेत सम्मिलित ब्रिक्सको राष्ट्रपति ट्रम्पले आलोचना गर्दै आएका छन् । आवद्ध मुलुकहरुको समृद्धिका लागि भन्दै ब्रिक्स स्थापना भएको हो ।
ब्रिक्सको अमेरिका विरुद्धको नीतिमा समर्थन गर्ने मुलुकप्रति अमेरिका पनि कठोर हुने ट्रम्पको भनाई छ ।
0
Shares
प्रतिक्रिया