चीनतर्फ आएको अबिरल बर्षाका कारण भोटेकोशी नदीमा बाढी आउॅदा नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ । आज विहान करिब सवा ३ बजे आएको बाढीले रसुवाको रसुवागढीस्थित पुल बगाएको हो ।
बाढी टिमुरेस्थित सुख्खा बन्दरगाह क्षेत्रमा पस्दा जाॅचपासका लागि राखिएका गाडीहरु पनि बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
नदीमा पानीको वहाव उच्च रहेका सतर्क रहना प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया