भोटेकोशीमा आएको बाढीका कारण रसुवामा प्रहरीसहित १८ जना बेपत्ता भएका छन् ।
चीनमा परेको अबिरल बर्षाका कारण भोटेकोशीमा बाढी आउदा ३ प्रहरीसहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका हुन् । एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको भने सकुशल उद्धार गरिएको छ ।
बाढीले नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाउदा आवागमन पूर्ण रुपमा बन्द भएको छ । रसुवागढीस्थित इभी चार्जिङ स्टेशनमा पनि बाढीले क्षति पुर्याएको छ । बाढीले करिब ८ वटा विद्युतीय गाडी बगाएको छ ।
गोसाइकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडकखण्ड स्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीले भत्किएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया