व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो

रेमिटेन्स १५ खर्ब भित्रियो



चालु आर्थिक बर्षको ११ महिनामा व्यापार घाटा ६.३ प्रतिशतले बढेको छ । व्यापार घाटा १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको हो । आयात १३.१ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब ८० करोड पुग्दा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ ।

यो अवधिमा निर्यात ७७.८ प्रतिशतले बढेको हो । भट्मासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्ग सिट, जुस, तयारी पोसाक, अलैची लगायतको निर्यात घटेको छ ।


रेमिटेन्स १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । यो गत बर्षको सोही अवधि भन्दा १७.२ प्रतिशतले बढेको हो । ११ महिनामा बैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्विकृती लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय ४२ र पुनः श्रम स्विकृती लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

शोधानान्तर चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा झण्डै १ खर्बले बढी हो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : १६ बजे