नेप्से परिसूचक आज २२ अंकले उकालो लागेको छ । शेयर बजार परिसूचक आज २२ दशमलव शुन्य ४ अंकले बढेर २ हजार ७०५ अंकमा पुगेको हो ।
वित्त र म्युचुअल फण्ड उपसमुह वाहेक अन्य सबै उपसमुहको परिसूचक सकारात्मक बन्दा समग्र बजार प्रभावित भएको हो । आज १ सय ९९ कम्पनीको परिसूचक बढ्दा सबैभन्दा बढी बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाए ।
आज कुल ३१६ कम्पनीका १ करोड ५८ लाख २२ हजार ९ सय ७० कित्ता शेयर खरिदविक्रि हुँदा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
प्रतिक्रिया