शेयर बजारमा उछाल

नेप्से परिसूचक ४ महिनायताकै उच्च



नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्सेमा आज उछाल आएको छ । नेप्से परिसूचक २५ दशमलव ८९ अंकले बढेर चार महिनायताकै उच्च बनेको हो । नेप्से परिसूचक २ हार ७ सय ३१ दशमलव ८० विन्दुमा पुगेको छ । यो अंक फागुनयताकै उच्च हो । जलविद्युत र व्यापार वाहेक सबै समुहको उपसूचक सकारात्मक बन्दा समग्र बजार नै हरियो भएको हो । आज सबैभन्दा लघुवित्त र विकास बैंक समुहमा आकर्षण देखिएको छ । समग्रमा आज १ सय ६१ कम्पनीको सूचकमा सुधार आएको छ भने ८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७ सय ९० रुपैया“मा खरिदविक्रि भए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ४५ बजे