मौद्रिक नीति आज सार्वजनिक हुॅदै



नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०८२/०८३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । सम्बन्धित सबै पक्षसॅग छलफलपछि आज दिउॅसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।

मौद्रिक नीतिलाई अन्तिम रूप दिन विहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ । त्यसअघि हिजो गभर्नर विश्वनाथ पौडेलले व्यस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको मस्यौदामा छलफल गर्नुभएको थियो । गभर्नर पौडेलले हिजै अर्थमन्त्री विष्णु पौडेलसॅग पनि छलफल गर्नुभएको थियो । हिजै तयारी सञ्चालक समितिको बैठक पनि बसेर अधिकांश बिषय टुंग्याएको छ ।


मौद्रिक नीतिले बजेट कार्यान्वयनमा मद्धत पुर्याउछ । अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाॅ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याउन लाग्नुभएको हो । वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।

आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा गभर्नर पौडेल निकै उदार बन्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : ०२ बजे