मौद्रिक नीति जारी भएपछि हिजो केही उत्साहित देखिएको शेयर बजारमा आज पुनः गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अंकले घटेर २ हजार ७ सय २५ दशमलव ७१ अंकमा पुगेको हो ।
जलविद्युतवाहेक अन्य सबै समुहको उपसूचक घटेपछि समग्र बजार प्रभावित भएको हो । आज कुल ३ सय २१ कम्पनीको ७२ हजार ६०१ कारोबारबाट ८ अर्ब १७ करोड २१ लख ४३ हजार ३२६ रुपैयाॅ बराबरका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर किनबेच भएका छन् ।
प्रतिक्रिया