नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ र डिजेल/मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाॅ घटाएको हो ।
योसॅगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४५ रुपैयाॅ ५० पैसा, १ सय ४७ रुपैयाॅ र १ सय ४८ रुपैयाॅ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५७ रुपैयाॅ ५० पैसा, १ सय ५९ रुपैयाॅ र १ सय ६० रुपैयाॅ तोएिको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाॅ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया