हाॅस्य व्यंग्यात्मक कार्यक्रम गाईजात्रा २०८२ यही आउॅदो साउन २३ गते काठमाडौंमा हुने भएको छ । ब्राण्डवर्थ प्रा.लि.ले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साउन २३ देखि २७ गतेसम्म गाईजात्रा हाॅस्य व्यंग्यात्मक कार्यक्रम गर्न लागेको हो ।
गाईजात्रा पर्वलाई समाजका विभिन्न पाटोमाथि व्यंग्य गर्ने अवसरका रुपमा लिएर लामो समयदेखि ब्राण्डवर्थले प्रहसन कार्यक्रम गर्दै आएको छ ।
उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्वको अवसर पारेर समाजमा देखिएका बिसङ्गतीमाथि प्रहार गरी सुधार गर्न झक्भक्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको कलाकार मनोज गजुरेलले बताउनुभयो । यो कलाकारको सामाजिक उत्तरदायीत्वको बिषयअन्तर्गत समेत पर्ने भएकाले यसलाई लामो समयदेखि निरन्तरता दिन पाउनु आफ्नो लागि गौरवको बिषय भएको उहाॅको भनाई थियो ।
आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले संस्कृतिको संरक्षण गर्दै समाजका विकृति बिसङ्गती माथि प्रहार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो । यो कार्यक्रम बिशुद्ध मनोरञ्जनात्मक हुने भन्दै उहाॅले तनाव घटाउन तथा सामाजिक, राजनीतिक, सांस्कृतिक बिषयमाथि व्यंग्य गर्दै सम्बन्धित पक्षलाई खबरदारी गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कलाकारहरु मनोज गजुरेलसहित बरिष्ठ हाॅस्य व्यंग्य कलाकार शैलेन्द्र सिंखडा, गायक पशुपती शर्मा, कवि नवराज पराजुली, कलाकारहरु चक्र दवाडी, सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रताप लामा, सीता न्यौपाने, प्रकृति गिरी, आशीष खनाल, कल्पना खतिवडा, श्रेया सुवेदी, सन्देश सुवेदी र यमी गौतमको प्रस्तुती रहनेछ ।



प्रतिक्रिया