उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा नेपालको आज बसेको संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
भूमी विधेयकको अन्तरवस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालले पार्टीले उठाएका मुद्दामा सरकार सकारात्मक नदेखिएकाले समर्थन फिर्ता लिएको जनाएको छ ।
यसअघि नागरिक उन्मुक्ति पार्टी नाउपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
गठबन्धन निर्माणका बेला प्रतिबद्धता गरेअनुरुप संविधान संशोधनका लागि पहल नगरेको, सुशासनमा दिनदिनै कमजोर बन्दै गरेको र भ्रष्टाचार मौलाएको कारण पनि समर्थन फिर्ता लिने निर्णयमा पुगिएको जसपा नेपालले जनाएको छ ।
केपी ओली नेतृत्वमा सरकार गठन भएको हिजो असार ३१ गते मात्र १ बर्ष पूरा भएको छ । प्रधानमन्त्री नियुक्त हुँदा ओलीलाई एमाले र नेपाली कांग्रेस सहित ७ दलको समर्थन रहेको थियो ।



प्रतिक्रिया