नयॉ आर्थिक बर्ष २०८२/८३ आज शुरु भएको छ । सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि तय गरेको वित्तीय नीति बजेट आजैबाट कार्यान्वयन भएको छ ।
सरकारले आजदेखि लागू भएको आर्थिक बर्षका लागि १९ खर्ब ११ अर्ब ६४ करोडको आय व्यय विवरण गत जेठ १५ गते नै सार्वजनिक गरिसकेको छ । जसमध्ये चालु खर्चतर्फ ११ खर्ब ० अर्ब ५ करोड, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ६९ करोड र वित्तीय व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयॉ छुट्याएको छ ।
आर्थिक बर्ष २०८१/८२ मा १५ खर्ब २३ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जुन लक्ष्यको ८२ प्रतिशत हो । यो बर्ष १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने योजना सरकारको थियो । कुल खर्चमध्ये चालूतर्फ ८५.९५ प्रतिशत, पूँजीगतर्फ ६३.२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.१४ प्रतिशत खर्च भएको छ । यो बर्ष राजश्व, अनुदान र अन्य स्रोतबाट गरी सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आय संकलन गरेको छ ।
बजेटमार्फत चालु आर्थिक वर्षमा ४.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ । नयाँ बर्ष शुरु भएसँगै सरकारका करसम्बन्धी नीतिहरु पनि आजैबाट कार्यान्वयन आएको छ ।



प्रतिक्रिया