कारोबार हुने साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से परिसूचक ठूलो अंकले घटेको छ । नेप्से परिसूचक ६३.७३ अंकले घटेर २ हजार ८५८.९० अंकमा पुगेको छ । बजार गत बुधबारयता निरन्तर ओरालो लागेको छ ।
कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ३३ कम्पनीको मूल्य घटेको छ । आज सबै उपसमुहको उपसूचक घट्दा समग्र बजार प्रभावित बनेको हो । आ कुल १ लाख ५२ हजार ५ सय १८ पटकको किनबेचबाट १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।
सान्भी इनर्जीको सेयर मूल्य ९.९९ र समता घरेलु लघुवित्तको मूल्य ९.९६ प्रतिशतले घटेको छ । ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर मूल्य भने ९.९९ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया