नेपाली हाँस्य व्यंग्य परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ हाँस्य–व्यंग्यात्मक कार्यक्रम ‘८२ सालको गाईजात्रा’ नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । गाईजात्रामा दिग्गज कलाकारहरू र नयाँ पुस्ताका प्रतिभावान कलाकारहरूको समिश्रण रहेको छ ।
साउन २३ गते शुक्रबारबाट शुरु भई ४ दिनसम्म चल्ने कार्यक्रममा समाजका विविध पाटोमाथि प्रहार गर्ने माध्यमका रूपमा कविता र कविता वाचन शैलीलाई पनि समावेश गरिएको आयोजक ब्राण्डवर्थ प्रालीले जनाएको छ ।

कार्यक्रममा बहु प्रतिभाशाली कलाकार मनोज गजुरेलको प्रस्तुती विशेष रहेको छ । उहाँले सूचना प्रविधिको विकाससँगै समाजमा उत्पन्न विकृतिमाथि चोटिलो व्यङ्ग्य प्रहार गर्नुभएको छ । ४६ बर्षदेखि लगातार गाईजाक्रा कार्यत्रममा सहभागी भई समाजका विकृति विसंगतिमाथि झटारो हान्दै आउनुभएका बरिष्ठ कलाकार शैलेन्द्र सिंखडाको प्रस्तुतीलाई पनि दर्शकले धेरै रुचाएका छन् ।

यस्तै, सुबोध गौतमको प्रहशनले राजनीतिक दलका नेताहरुलाई सोच्न बाध्य बनाएको छ ।

सुमन कार्की र मेक्सम गौडेलको संयुक्त प्रहशनले दर्शकहरुलाई पेट मिचिमिच हसाउन सफल भएको छ ।

सीता न्यौपानेको गम्भिर विषयवस्तुमाथिको झटारो, प्रकृति गिरी र श्रेया सुवेदीको व्यङ्ग्य, टीकाराम आचार्य र बाल कलाकार युमी गौतमको प्रस्तुती कार्यक्रमको अर्को आकर्षण हो ।
कार्यत्रमका प्रस्तोता समेत रहेका हाँस्य व्यङ्गय कलाकार प्रताप लामाले समेत कार्यक्रममा थफ रौनकता ल्याएका छन् । कार्यक्रम सञ्चालनकै त्रममा उनले गरेका क्यारीकेचर र दिएका सन्देश मननयोग्य रहेका छन् ।

गाईजाक्रा कार्यत्रममा यो पटक नयाँ प्रयोग पनि गरिएको छ । कविता वाचनमा ख्याती प्राप्त कवि नवराज पराजुलीको प्रस्तुती यो बर्षको गाईजाक्रा कार्यत्रमको नयाँ पक्ष हो । गम्भिर कवितालाई गीतको शैलीमा वाचन गरेर दर्शक र श्रोताको मन जित्न सफल कवि पजराजुलीको कविताले केहीबेर दर्शकलाई भावुक समेत बनाउछ ।

लोकप्रिय युवा लोकगायक पशुपति शर्माको प्रस्तुति कार्यक्रमको अर्को आकर्षण हुने छ । शर्माको गीतले मनोरञ्जन प्रदान गर्नुका साथै देशको वर्तमान परिवेशमाथि व्यङ्गय गरेको छ ।

मनोज गजुरेलसंगै चक्र दवाडी, सन्देश सुवेदी, आशिष खनाल माडसाब, कल्पना खतिवडा र सुबोध गौतमको संयुक्त प्रस्तुतीले समकालीन नेपाली राजनीतिको तीतो यथार्थलाई चित्रण गरेको छ, जसले देशको शीर्ष नेतृत्वलाई सोच्न बाध्य बनाउँछ ।









प्रतिक्रिया