निजी विद्यालय सञ्चालकको प्रदर्शन माइतीघरमा



विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकले बिरोध प्रदर्शन गरेका छन् ।

निजी विद्यालय संगठन प्याब्सन, एन–प्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अधि सारेर काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिने तयारी भइरहदा निजी जिद्यालय सञ्चालकले प्रदर्शन गरेका हुन् ।

निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक बनाइने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सञ्चालकहरूले विमति जनाउँदै आएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालय क्रमशः गैरनाफामूलक हुने र निजी विद्यालयले १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्नेमा सहमति जुटाएको छ । विधेयकलाई अन्तिम रुप दिन समितिमा आज पनि छलफल भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  १ : १२ बजे