साताको पहिलो दिन शेयर बजार रातै



कारोबार हुने साताको पहिलो दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३१ दशमलव १७ अंकले घटेर २ हजार ७ सय ४९ दशलमव ८३ अंकमा पुगेको हो ।

सबै कम्पनी उपसमुहको कारोबार घटेपछि समग्र बजार घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोडको भयो ।

आज कुल २१ कम्पनीको मूल्य बढ्दा २ सय २८ कम्पनीको भने घटेको छ । एउटाको शेयर मूल्य स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशत घटे ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशत बढ्यो । आशा लघुवित्तको ४.१६, समता लघुवित्तको २.६४ तथा मिड सोलुको १.८७ प्रतिशत मूल्य बढ्यो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ५५ बजे