सार्वजनिक यातायातको भाडादर पुनः बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि नयाँ भाडादर लागू गरेको हो । अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागू हुने गरी सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाईएको विभागले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर अन्तरप्रदेश यात्रुवस, पहाडी मार्ग तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सारीसाधनको भाडा बढाएको विभागले उल्लेख गरेको छ । इन्धनको मूल्य बढेपछि विभागले यसअघि गत चैत २५ गते पनि भाडादर समायोजन गरेको थियो ।
विद्युतीय सवारीसाधनमा भने भाडा बढाउन नपाईने र त्यसो गरेमा कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।





प्रतिक्रिया