अमेरिकाले हर्मुज स्ट्रेटमा रोकिएका जहाजहरुलाई सुरक्षित रुपमा निकाल्न मद्धत गर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले रणनीतिक मार्गमा इरानले गरेको अवरोध तोड्ने भन्दै यस्तो बताएका हुन् ।
डब्बड प्रोजेक्ट फ्रिडम नाम दिइएको अभियान शुरु गर्ने भन्दै ट्रम्पले तटस्थ र निर्दोष जहाजहरुको सुरक्षित अवतरण गराउने प्रतिवद्धता जनाएका हुन् । यो अभियान मध्यपूर्व समयअनुसार सोमबार बिहानदेखि सुरु हुने बताइएको छ ।
ट्रम्पले यसलाई “मानवीय पहल” भन्दै धेरै जहाजहरूमा खाद्यान्न अभाव हुन थालेको उल्लेख गरेका छन् । उनका अनुसार सहयोग गरिने जहाजहरू युद्धमा संलग्न नभएका देशहरूका हुनेछन् ।
ऋमेरिकी केन्द्रीय का अनुसार उक्त अभियानमा करिब १५,००० सैनिक, गाइडेड–मिसाइल डिस्ट्रोयर युद्धपोत, र १०० भन्दा बढी हवाई साधन परिचालन गरिनेछ । सेन्ट्रकम प्रमुख ब्राड कुपरले यो कदम समुद्री मार्गको स्वतन्त्रता पुनःस्थापित गर्न र विश्व अर्थतन्त्रको सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय समुद्री संगठनका प्रमुख आर्सेनियो डोमिनग्वेजले करिब २०,००० नाविक र २,००० जहाज विगत नौ हप्तादेखि स्ट्रेट अफ हर्मुजमा अलपत्र परेको बताएका छन् ।
लण्डनमा भएको एक बैठकमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले इरानद्वारा अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध सिर्जना गरिएको भन्दै कडा निन्दा गरेका थिए । उक्त प्रस्तावमा यस अवस्थाले नाविकहरूको जीवन जोखिममा पारेको र समुद्री वातावरणमा समेत गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।
यद्यपि, डोमिनग्वेजले कूटनीतिक बहसभन्दा पनि अलपत्र परेका नाविकहरूको तत्काल उद्धारमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।





प्रतिक्रिया