सामाजिक सञ्जाल फेसबुक र यसको म्यासेजिङ प्लेटफर्म मेसेन्जरमा शुक्रबार साँझदेखि प्राविधिक समस्या देखिएपछि प्रयोगकर्ताहरू प्रभावित भएका छन् । नेपालका प्रयोगकर्ताले समेत फेसबुक खोल्न, फिड लोड गर्न तथा मेसेन्जरमार्फत सन्देश पठाउन समस्या भएको बताएका छन्।
कतिपय प्रयोगकर्ताको मेसेन्जर स्वतः लगआउट भएको छ भने फेसबुक एप सामान्य रूपमा सञ्चालन हुन सकेको छैन । सेवा प्रभावित भएपछि प्रयोगकर्ताहरूले आफ्नो अनुभव र गुनासो अन्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् ।
विशेषगरी एक्स (पूर्व ट्विटर) मा धेरै प्रयोगकर्ताले समस्या व्यक्तिगत हो वा विश्वव्यापी रूपमा फेसबुक सेवा अवरुद्ध भएको हो भन्नेबारे जिज्ञासा व्यक्त गरेका छन् ।
फेसबुकको मातृ कम्पनी मेटाले समस्याको कारणबारे तत्काल विस्तृत जानकारी सार्वजनिक नगरे पनि प्राविधिक गडबडीका कारण विगतमा पनि कम्पनीका विभिन्न डिजिटल सेवामा यस्ता अवरोध देखिँदै आएका छन् ।
समस्या कहिलेसम्म समाधान हुन्छ भन्नेबारे कम्पनीको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ ।





प्रतिक्रिया